२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए यूकेको १ सय ५० वटा कन्सन्ट्रेटर मशिन शनिवार नेपाल पुग्ने

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७८, शुक्रबार २१:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले खरिद गरेको १ सय ५० वटा कन्सन्ट्रेटर मशिन शनिवार काठमाण्डौं पुग्ने भएको छ ।

गैरआवासीय नेपाली संघ यूकेका अनुसार ‘अक्सिजन पठाउँ, आफन्तको ज्यान बचाउँ’ अभियान अन्तरर्गत बेलायतस्थित नेपाली संघसंस्थाहरुको सहयोगमा खरिद गरेका ती अक्सिजन कन्सन्ट्रेटर भोलि नै नेपाल एयरलाईन्स मार्फत चीनबाट काठमाण्डौं ल्याउन लागिएको हो ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङका अनुसार कन्सन्ट्रेटर मशिनहरु नेपाल सरकारलाई तत्कालै हस्तान्तरणको प्रकृया अघि बढाईने छ ।

यसअघि नेपाली दुतावास लण्डनको संयोजन र एनआरएनए यूकेको सकृयतामा बेलायतस्थित नेपाली समुदायबाट करिब साढे २ करोड रुपैयाँ संकलन भएको थियो ।

कन्सन्ट्रेटर मशिन हस्तान्तरण भए पछि विस्तृत विवरण सार्वजनिक गरिने एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।