२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनामुक्त हुनेको संख्या ५ लाख नाघ्यो, थप ५ हजार १५३ जनामा संक्रमण

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७८, मंगलवार १३:३६

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ५ हजार १ सय ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर १२ हजार ६५ आरटी पिसिआर र ५ हजार ६ सय ११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७६ हजार ५ सय ५० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ३ सय २१ जना र भेन्टिलेटरमा ३ सय ७२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट ६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ५ सय ७० जनासँगै देशभर कोरोना जित्नेको संख्या ५ लाख ४ हजार ५ सय ३० जना पुगेको छ । निको हुने दर ८४.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९८ सय पुगेको छ ।