२३ बैशाख २०८१, आईतवार
Follow Us

स्पुतनिक-भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १०:३४

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ ।

खोप लगाएकाहरु कसैको पनि अहिलेसम्म मृत्युको खवर नआएको र खोप लगाएकाहरू गम्भीर विरामी पनि नभएको उनीहरूको दावी छ ।