२४ बैशाख २०८१, सोमबार
Follow Us

थप ३ हजार ७५० जनामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १३:५१

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ७ सय ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ९८ आरटी पिसिआर र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार १ सय ८९ जना र भेन्टिलेटरमा ३ सय ६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ६७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।