२४ बैशाख २०८१, सोमबार
Follow Us

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षरसहित पोखरेलको दावी पेश

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार १३:५३

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेश गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल काँग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दाबी पेस गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रवार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।