१५ बैशाख २०८१, शनिबार
Follow Us

सहायक वन अधिकृत पौडेल ४० हजार घुससहित पक्राउ

नेपालब्रिटेन संवाददाता
६ असार २०७८, आईतवार ११:१२

धादिङ । धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार दिनुपर्छ भन्दै घुस मागेका थिए ।

पौडेलले घुस मागेको भन्दै सेवाग्राहीले सूचना दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको आयोगको टोलीले उनलाई ४० हजार घुससहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।