२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अमेरिका: केन्द्रीय प्रतिनिधिको निर्वाचन स्थगित

नेपालब्रिटेन डट कम्
१४ असार २०७८, सोमबार ००:३९

लण्डन । गैरआवासीय नेपाली संघले एनआरएनए अमेरिकाबाट केन्द्रीय महाधिवेशनको लागि हुने प्रतिनिधीहरुको निर्वाचन स्थगित गरेको छ ।

संघले निर्वाचनको प्रकृयालाई लिएर समझदारी देखिएको भन्दै हाललाई प्रतिनिधिहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

संघले केन्द्रीय विधान अनुरुप प्रतिनिधी छनोट हुने समेत पत्र मार्फत प्रष्ट पारेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माले आइतवार एक परिपत्र गर्दै संघको संशोधित विधान २०२१ अनुसार एनआरएनए एनसीसीको विधान संशोधन गरी तत्तपश्यात सम्पूर्ण पन्जिकृत सदस्यहरुबाट २५ प्रतिशत प्रतिनिधिहरुको प्रत्यक्ष निर्वाचन गर्न निर्देशन दिएका छन् ।

पत्रमा संघको विधानमा व्यवस्था भए अनुसार ६५ प्रतिशत प्रतिनिधिको छनोट अहिलेको कार्यसमिति र बाँकि १० प्रतिशत छनोट नयां कार्यसमितिले गर्न समेत अनुरोध गरिएको छ ।