२६ बैशाख २०८१, बुधबार
Follow Us

माधव नेपालले अर्को बैठक बोलाएपछि एमाले कार्यदलको बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
१७ असार २०७८, बिहीबार ०७:०२

काठमाडौं । नेकपा (एमाले)मा सहमति खोज्न बिहानैदखि बसेको कार्यदलको बैठक स्थगित भएको छ । माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानुपर्ने भएकाले अहिलेको बैठकमा कुरा नटुंगिदै स्थगित गरेको नेताहरुले जनाएका छन् ।

संस्थापन पक्षका नेताहरुले बैठकमा नकरात्मक अभिव्यक्ति नदिन नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । “सहमतिको नजिक पुगेको बेला नकरात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौँ,” ती नेताले भने ।

नेपाल पक्षको बैठकले नै पार्टीमा सहमती गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने आपेक्षा संस्थापनको छ ।