२७ बैशाख २०८१, बिहीबार
Follow Us

गोरखा र तनहुँ जोड्ने गोप्लीङको झोलुङे पुललाई बाढीले क्षति

नेपालब्रिटेन संवाददाता
१८ असार २०७८, शुक्रबार ०५:२९

गोरखा । गोरखा र तनहुँ जोड्ने गोप्लीङको झोलुङे पुललाई बाढीले क्षति पुरयाएको छ । गोरखा नगरपालिका १४ र तनहुँको आँबखैरेनी गाउँपालिकाको एक्लेफाँट जोड्ने झोलुँङ्गे पुललाई बाढीले क्षति पुरयाएको हो ।

लगातारको बर्षाबाट मस्र्याङ्दी नदीमा आएको बाढीले झोलुँङ्गे पुल अडयाउन बनाइएको जिप रहेको भाग बगाए पछि पुलको गोप्लीङ तर्फको भाग नदीमा खसेको छ । झोलुझे पुल कामै नलाग्ने अवस्थामा पुगेको स्थानियले बताएका छन् ।

आँबुखैरेनी–डुम्रे सडक अन्तरर्गत रहेको उक्त झोलुङे पुल भत्कीएपछि गोप्लीङका स्थानीयलाई बजार आवतजावतमा समस्या भएको बताइएको छ । पुल भत्कीएसंगै त्यहाँका स्थानियले आवतजावतमा मस्र्याङदी पावर हाउसकालागि बनाईएको बाध स्थल मार्कीचोक धाउनु पर्ने भएको छ ।