२६ बैशाख २०८१, बुधबार
Follow Us

आज सरकार पक्षको बहस सकिँदै

नेपालब्रिटेन संवाददाता
१८ असार २०७८, शुक्रबार ०५:३१

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा राष्ट्रपति र प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको वहस आज (शुक्रबार) सकिँदै छ । महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहेका छन् ।

उनीहरूले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिने छ । त्यसपछि सभामुखका तर्फबाट बहस शुरु हुने जनाइएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा छन् । उनीहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ ।

वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका लागि १० मिनेटका दरले बहस गर्न समय तोकिएको छ । त्यसपछि अधिवक्ताहरु भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोख्रेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले क्रमशः ७ मिनेटका दरले बहस गर्नेछन् । यसअघि १० जनाले बहस गरिसकेका छन् ।