२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए कोरियामा अनलाइन मतदान हुने (निर्वाचन तालिका सहित)

नेपालब्रिटेन डट कम्
१९ असार २०७८, शनिबार १२:२८

लण्डन । गैरआवासीय नेपाली संघ (कोरिया) को निर्वाचनको तयारी तिब्र पारिएको छ । आगामी १८ जुलाईमा हुने निर्वाचनको बारेमा जानकारी दिने उदेश्यले शनिवार आयोजित एक पत्रकार सम्मेलन मार्फत निर्वाचन समितिका संयोजक डा राजेन्द्र प्रसाद जोशीले सो तयारी पूरा भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा एनआरएनए कोरियाको निर्वाचन अनलाइन मार्फत हुने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो । संघको कार्यसमितिको निर्वाचन १८ जुलाई र केन्द्रिय प्रतिनिधिको निर्वाचन जुलाई २५ तारिखमा हुने भएको छ ।

संघको गैरआवासीय नेपाली संघको अनलाइन प्रणालीको प्रयोग गर्ने तयारी गरेको छ ।

पत्रकार सम्मेलनमा संघको निर्वाचनको लागि केन्द्रिय प्रतिनिधी डा. देबी बस्नेतले बिभिन्न जिज्ञासाको उत्तर दिएका थिए । पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्यहरुको उपस्थिती थियो । एनआरएनए कोरियामा १ हजार ४ सय ५२ जनाको सदस्यता प्रमाणिकरण गरिएको छ ।


यस्तो छ निर्वाचन तालिका