२७ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा लकडाउन हटाउने तयारी

नेपालब्रिटेन संवाददाता
२१ असार २०७८, सोमबार ०४:५६

लन्डन । बेलायतले कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि लगाइएका विभिन्न मोडेलका लकडाउनबाट मुलुकलाई बाहिर निकाल्ने अन्तिम रोडम्यापको तयारी थालेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी गराउने अनुमान गरिएको छ । सामाजिक दूरी कायम, अनुहार ढाक्ने र घरबाट काम गर्ने लगायतका विषयमा ध्यान दिंदै जनजीवन सामान्य बनाउने तयारी गरिएको छ । बेलायती प्रधानमन्त्री जोनसनले भाइरससँगै जीवन जीउन सिक्नुपर्ने बताउनु भएको छ ।

लेबर पार्टीका स्वास्थ्य सचिवले कुन तहको मृत्युदर छ र लामो समयसम्म असर रहने लङ कोभिडको अवस्थाका बारेमा जानकारी माग गर्नुभयो । बेलायतमा नयाँ भेरियन्ट देखिनुका साथै संक्रमण दर पनि बढेको छ । बेलायतका स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका आआफ्नै कोभिड सम्बन्धी नियम रहेका छन् । स्कटिस सरकारले आगामी अगस्टपछि मात्रै लकडाउन हटाउने विषयमा समीक्षा गर्ने जनाएको छ ।