लण्डन । कोरोना भाइरस संक्रमणका कारण जर्मनीले नेपाली यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । नयाँ नियम भोलिबाट लागू हुनेछ । खोपको दोस्रो मात्रा लगाएकाहरुले क्वारेन्टिनमा समेत बस्नु नपर्ने जनाइएको छ । खोप नलगाएका यात्रुको हकमा भने १० क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ ।
तर ५ औँ दिनमा पीसीआर परिक्षण गर्न सकिने र सो क्रममा रिपोर्ट नेगेटिभ आए थप समय क्वारेन्टिनमा बस्नुनपर्ने उल्लेख गरिएको छ । जर्मनीले नेपालसहित भारत, पोर्चुगल र रुसमाथिको प्रतिबन्ध पनि भोलिबाटै लागू हुने गरी हटाएको हो ।