२७ बैशाख २०८१, बिहीबार
Follow Us

भोलि फेरी बस्ने गरि कार्यदल बैठक सकियो

नेपालब्रिटेन संवाददाता
२३ असार २०७८, बुधबार १०:०८

काठमाडौं । नेकपा एमालेको जारी विवाद टुंग्याउन बसेको कार्यदलको बैठक सकिएको छ । आन्तरिक विवाद समाधानका लागि सिंहदरबारमा बसेको कार्यदलको बैठकले सकारात्मक मोड लिएको र भोलि फेरि ११ बजे बस्‍ने गरी बैठक सकिएको वार्तामा सहभागी नेताले बताए ।

एमालेको विवाद समाधान निष्कर्षउन्मुख भएको र भोलिको बैठकले टुंग्याउने उनले दाबी गरे। उनले भने, ‘आजको छलफल सकारात्मक बनेको छ। भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’।

एमालेको कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन् । एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेता लागिपरेका छन् ।