२६ बैशाख २०८१, बुधबार
Follow Us

१८७५ कोरोना संक्रमित थपिए, थप २९ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ असार २०७८, बिहीबार १३:२८

काठमाडौ । पछिल्लो २४ घन्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा र ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा गरि १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । त्यस्तै १२८६ जना संक्रमणमुक्त भएका छन्।