४ आश्विन २०८२, शनिबार
Follow Us

बेलायतको जनजीवन सामान्य, अब मास्क समेत लगाउनु नपर्ने

नेपालब्रिटेन संवाददाता
२९ असार २०७८, मंगलवार ११:५३

काठमाडौं । आगामी हप्ताको सोमबारदेखि बेलायतमा लागू गरेको कोरोनाविरुद्धको सम्पूर्ण नियमहरु हटाइँदैछ । कोरोना नियन्त्रणमा आएपछि बेलायतले जुलाई १९ बाट कोरोनाका नियमहरु खारेज गर्ने घोषणा गरेको हो ।

कोरोना भाइरसको त्रास जारी रहँदा बेलायतको जनजीवन सामान्य बनिसकेको बताइएको छ । बेलायतले मास्कलाई बाध्यकारी बनाएको छैन । द गार्जियनका अनुसार त्यहाँको सरकारले मास्क लगाउनु र नलगाउनु त्यहाँको नागरिको इच्छा भएको छ । सोमबारदेखि सबै व्यापारीक केन्द्रहरु खुला हुने भएको छ ।

होटल, रेस्टुरेन्ट तथा लजहरुमा व्यक्ति–व्यक्तिबीच पालना गर्नुपर्ने नियम लागू हुनेछैन अर्थात् जति मानिस पनि रमाइलोका लागि खाना खानको लागि सो क्षेत्रमा जान पाउनेछन् । यदी कोरोना भाइरसबाट संक्रमित भएमा संक्रमितले आइसोलेसन भने बस्नुपर्नेछ ।

धेरै पढिएको