२४ बैशाख २०८१, सोमबार
Follow Us

पाँच दलीय गठबन्धन बैठकमा माधव नेपाल गएनन्

नेपालब्रिटेन संवाददाता
३१ असार २०७८, बिहीबार १२:४७

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएनन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा नेता नेपाल स्वास्थ्यका कारण उपस्थित नभएका हुन् । आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेपालको प्रतिनिधिका रुपमा डा. विजय पौडेल सहभागी छन् ।

बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् । बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लबसँग नेता नेपालको भेट गरेका थिए ।

सत्तारुढ गठबन्धनका लागि नेपाल यतिबेला महत्वपूर्ण सहयात्री बनेका छन् । जसका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ भने देउवाले विश्वासको मत प्राप्त गर्नका लागि नेपालको सहयोग अनिवार्य हुन्छ ।