२२ बैशाख २०८१, शनिबार
Follow Us

उपत्यकामा १० दिन निषेधाज्ञा थप

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७८, आईतवार ११:३१

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।