२६ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रिपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०७८, बुधबार ०५:४५

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत बैठकमा सहभागी हुनुहुन्छ ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्नत्र सत्ता गठबन्धनको बैठक बसेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।