२५ पुष २०८२, शुक्रबार
Follow Us

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७८, शनिबार ११:२९

बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ ।

सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ । विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन् ।

धेरै पढिएको