२५ पुष २०८२, शुक्रबार
Follow Us

संसद अधिवेशन भदौ २३ मा बोलाउने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७८, शनिबार ११:३०

काठमाडौं । सरकारले भदौ २३ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ । सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दए ।

आज विहान संसद अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

सरकारले राजनीतिक दलसम्बनधी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।

यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटिसकेका छन् ।

धेरै पढिएको