९ कार्तिक २०८२, आईतवार
Follow Us

युक्रेनका नेपाली सकुशल : एनआरएनए

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७८, बिहीबार १०:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा रहेका नेपालीप्रति चिन्ता व्यक्त गरेको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीले बिहिवार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारणले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् ।
संघले त्यहाँ ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको जनाएको छ । संघले पछिल्लो विकसित घटनाक्रमबीच त्यहाँ रहेका सबै सकुशल रहेको जनाएको छ ।
युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेका छन् । संघले त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्थाको बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी दिन आग्रह गरेको छ ।

धेरै पढिएको