२२ असार २०८३, सोमबार
Follow Us

अर्घामा भगवतीकाे शालिक निर्माण हुँदै

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७८, मंगलवार ०३:५२

अर्घाखाँची । अर्घाखाँचीकाे धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीकाे विशाल शालिक निर्माण हुने भएकाे छ । सन्धिखर्क नगरपालिकाकाे आर्थिक सहयाेगमा निर्माण गर्न लागेकाे ३३ फुट अग्लाे मूर्ति अन्तिम चरणमा पुगेकाे हाे ।

करिब २ कराेड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेकाे मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटककाे राेजाइमा मेयर कमलप्रसाद भुसालकाे विश्वास छ ।

‘धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि शालिक निर्माण थालिएकाे हाे,’ भुसालले भने, ‘याे काम सम्पन्न भएसँगै मन्दिरकाे थप गरिमा बढ्नेछ, अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ ।’

चैते दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेकाे मूर्ति करिब ४२ क्विन्टलकाे रहेकाे नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

सन्धिखर्क बजारबाट ७ किलाेमिटरकाे दूरीमा रहेकाे मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाकाे केही भागकाे रमणीय दृश्य अवलाेकन गर्न सकिन्छ ।

धेरै पढिएको