काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०को पोलिटब्युरो बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।
केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गतेका लागि तय भएको छ । १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ । बैठकमा चुनावी रणनीतिका विषयमा पनि छलफल हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।