३ कार्तिक २०८३, सोमबार
Follow Us

बेलायतमा खोटाङ भलिबल क्लव स्थापना 

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७९, शनिबार ०६:२५

लन्डन । बेलायतमा खोटाङ भलिबल क्लव युके स्थापना गरिएको छ । बेलायतमा बस्दैआएका खोटाङ्गे भलिबल खेलाडी युवाको अगुवाई तथा नेतृत्वमा सञ्जिव राईको संयोकत्वमा खोटाङ भलिबल क्लव युकेको स्थापना गरिएको हो । क्लवको प्रवन्धकमा बीरेन्द्र राई, कोषाध्यक्षमा शिबध्वज राई र टिम क्याप्टेनमा सचिन राई चयन भएका छन् । २१ सदस्यीय संस्थापक संरक्षक रहेको र खोटाङ भलिबल क्लव युकेको २३ सदस्यीय संस्थापक सदस्य रहेका छन् ।

बोलयतमा रहेका खोटाङ्गेलाई एकीकृत गर्दै भलिबल खेलको प्रवर्धनका लागि भलिबल क्लव स्थापना गरिएको संयोजक राईले जानकारी दिए । ‘भलिबल खेलको प्रवद्र्धन गर्दै सम्पूर्ण भलिबल खेलप्रेमी खोटाङ्गे दाजुभाई तथा दिदि बहिनीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ क्लव स्थापना गरिएको हो,’ राईले भने, ‘क्लवका माध्यमबाट खोटाङ र बेलायतलाई जोड्दै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने र समग्र खोटाङको नाम चम्किलो बनाउने उद्धेश्य राखेका छौँ ।’

क्लवले खोटाङ सेवा समाज युकेलगायतका संघसंस्थाहरुसँग आवश्यक सहकार्य गर्दै अगाडि बढ्ने संकल्प गरेको छ । भलिबल खेल नेपालमा रोचक र महत्वपूर्ण खेलको रुपमा परिचित छ । शारीरिक र मानसिक स्फूर्तिका लागि समेत भलिबल खेल महत्वपूर्ण मानिन्छ । बेलायतको अस्तव्यस्त जीवनशैली अपनाइरहेका नेपालीलाई एकीकृत गर्दै दुःखसुख बाँड्ने अवसर प्रदान गर्ने र आफ्नो भाषा, कला, संस्कार, संस्कृति, खेलकुद आदिको प्रवर्धनमा भूमीका खेल्ने संयोजक राईले बताए ।

धेरै पढिएको