२ कार्तिक २०८३, आईतवार
Follow Us

असोज १ गतेदेखि दसैंको अग्रिम टिकट बुकिङ

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७९, बुधबार १२:०४

काठमाडौं । दसैंका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयले जानकारी दिए ।

टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उनले सुनाए। यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालबाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको छ।

धेरै पढिएको