२ चैत्र २०८२, सोमबार
Follow Us

राजनीतिक दलहरूसँग छलफल गर्दै आयोग

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७९, आईतवार ०५:४२

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने बारेमा आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ ।

दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगको भनाइ छ । छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाएइको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने नआउने निश्चित भइनसकेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

 

 

धेरै पढिएको