२ कार्तिक २०८३, आईतवार
Follow Us

बेलायतमा टीकाको शुभ साइत बिहान ९: १५ मा

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७९, मंगलवार १९:२७

लन्डन। बेलायतमा यस वर्षको बडादशैंको टीकाको शुभ साइत बिहान सवा नौं बजे परेको छ।

बेलायतमा क्रियाशिल नेपाली ज्योतिषी, पण्डितहरुले विजया दशमीको दिन बुधबार बिहान ठीक ९:१५ बजे बेलायतमा टीकाको शुभ साइत हुने निर्क्यौल गरेका हुन्।

लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित निलहरि घिमिरेका अनुसार टीका थाप्नेहरु पूर्व फर्किनु र लगाइदिनेहरु पश्चिम फर्किनु उत्तम हुनेछ ।

शुभ साइतमा शुरु गरेपछि दिनभर नै टीका लगाउन सकिने उनले बताए ।

पण्डित घिमिरे र अर्का पन्डित प्रेम प्रसाद गैरेको सक्रियतामा बेलायतका अन्य नेपाली ज्योतिषी, पण्डितहरु समेतको परामर्शमा साइत निकालिएको हो।

सूर्योदयलाई आधार बनाएर शुभ साइत निकालिएका कारण नेपालको तुलनामा बेलायतमा साइतको समय फरक रहेको पण्डित घिमिरेले जनाए ।

धेरै पढिएको