काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सचिवालयले सर्लाही ४ मा उमेदवार हुने विषयमा कुनै निर्णय नभएको जनाएको छ ।
“अहिलेसम्म कुनै निर्णय भएको छैन,” थापाको सचिवालय स्रोतले भन्यो,“अहिलेसम्म कुनै निर्णय भएको छैन ।”
थापा अहिले पनि शीर्ष नेताको बैठकमा सहभागी छन् ।
गगन थापाले सर्लाहीबाट उम्मेदवारी दिने कुरा आधिकारिक होइन। @thapagk ले आधिकारिक वक्तव्य नदिएको अवस्थामा अन्य कुरामा नलाग्न आग्रह गर्दछु।
यस बारेमा प्रकाशित समाचारमा कोही आधिकारिक नेतालाई उद्दरण गरिएको पाइएको छैन।
— Shankar Tiwari (@shankarktm1) October 8, 2022