३ कार्तिक २०८३, सोमबार
Follow Us

आज गोवर्द्धन पूजा, नेपाल सम्वत ११४३ पनि प्रारम्भ

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७९, बुधबार ०६:२०

काठमाडौं । आज कार्तिकशुक्लपक्ष प्रतिपदा । यमपञ्चकको आज बलिपूजा, गोवर्द्धनपूजा । आज नेपाल संवत ११४३ शुरुवातको दिन हो ।

नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् । आफ्नो शरीरलाई आफैले पूजा गर्ने म्हपूजा काठमाडौं उपत्यका र देशभर रहेका नेवार समुदायले म्हपूजा गर्ने गर्दछन् ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

धेरै पढिएको