१३ कार्तिक २०८२, बिहीबार
Follow Us

खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते

nepalbritain news
२५ फाल्गुन २०७४, शुक्रबार ०३:४३

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्।

रुकुम (पूर्व) भुमे गाउँपालिका-३ का १८ वर्षीय रवीन सुनारले बिहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका-६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन्।

उनीहरु तीनैजना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए। आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाइ छ। घाइतेको मेडिकल कलेज, कोहलपुर, बाँकेमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए।
– रासस

धेरै पढिएको