१६ भाद्र २०८३, मंगलवार
Follow Us

अमेरिकास्थित नेपाली दूतावासको दुई लाख डलर बराबरको कागजात लुटियो !

नेपालब्रिटेन डट कम्
८ पुष २०७९, शुक्रबार २२:३३


९ सय जनाको व्यक्तिगत विवरण हरायो

ड्यालस (अमेरिका) – अमेरिकाको नेपाली दूतावासको झण्डै दुई लाख डलर बराबरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको छ । दूतावासले टेक्ससका तीन शहरहरुमा सञ्चालन गरेको घुम्ती शिविरमा सेवाग्राहीले राजश्व वापत बुझाएको दुईलाख डलर भन्दा बढीको रकम विहीबार ह्युस्टनमा चोरी भएको हो ।

डिसी फर्किनु अघि खाना खान होटलमा जाने क्रममा दूतावासका कर्मचारीहरुले मनी अर्डर, क्यासिएर चेक रहेको झोला गाडीमै राखेका थिए । पार्किङमा रहेको गाडीको सिसा फुटाएर उक्त व्याग चोरी भएको एनआरएन टेक्सस च्याप्टरले जनाएको छ ।

दूतावासले टेक्ससका तीन शहरहरुमा सञ्चालन गरेको घुम्ती शिविरमा सेवाग्राहीले बुझाएको राजश्व वापतको उक्त रकम चोरी भएको हो

टेक्ससको ड्यालस, अस्टिन र ह्युस्टनमा यसै हप्ता घुम्ती शिविरमा राहदानी नविकरण, गैर आवासीय नेपाली (एनआरएन) कार्ड लगायतका सेवा प्रदान गरिएको थियो । राहदानी नविकरण र एनआरएन कार्डका लागि तीन वटा शहरबाट नौ सय भन्दा बढीको आवेदन परेको छ ।

घट्ना बारे ह्युस्टन पुलिसले अनुसन्धान सुरु गरिसकेको छ । दूतावासले यस घटनाको सम्बन्धमा विज्ञप्ती जारी गर्दै सेवाग्राहीहरुलाई पहिले जारी गरेको मनी अर्डर र क्यासिएर चेकको अर्धकट्टी लिएर त्यसलाई रद्ध गर्न अनुरोध गरेको छ ।

धेरै पढिएको