ताजा खबर
आङ सान सुकीलाई थप सात वर्ष जेल सजाय हुने फैसला
लण्डन् । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय सुनाइएको छ ।
गत वर्षको सुरुमा दक्षिणपूर्वी एसियाली देशको सेनाले उनको निर्वाचित सरकारलाई ध्वस्त गरेपछि ७७ वर्षीया वृद्धाविरुद्ध ल्याइएका मुद्दाहरूमा यो सबैभन्दा नयाँ हो। उनी अहिले कूल ३३ वर्ष जेलमा छिन् ।
उनका समर्थकहरूले उनीमाथि लगाइएका आरोपहरू अर्को वर्षको चुनाव अघि राजनीतिबाट हटाउने क्रममा सेनाको सत्ता कब्जालाई वैध बनाउने प्रयास हो भनेका छन् ।।

