ताजा खबर

यति एयरलाइन्सको जहाज दुर्घटना: ३० जनाको मृत्यु, शवहरू डढेको अवस्थामा

काठमाडौँ । आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

‘कोही जीवित भेटिने सम्भावना छैन । हामी शवहरू निकाल्दै छौँ । शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।

https://youtu.be/Hztb456XeK4

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता