१३ भाद्र २०८३, शनिबार
Follow Us

जनमत पार्टीले सरकारको बारेमा आज धारणा बनाउने

नेपालब्रिटेन संवाददाता
८ माघ २०७९, आईतवार ०६:१६

काठमाडौं । सरकारले पठाउने सन्देशका आधारमा जनमत पार्टीले आज साँझसम्ममा धारणा सार्वजनिक गर्ने भएको छ । पूर्वसहमति अनुसार मन्त्रालय नपाएको भन्दै जनमत पार्टीले मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिस्कार गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई आजसम्ममा जानकारी गराउने भनेकाले सरकारलाई दिइएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने बारेमा आज साँझसम्ममा निर्णय गरिने जनमत पार्टीका नेता बीपी साहले बताए ।

उनका अनुसार सुरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने सहमति भएको थियो तर अन्तिम समयमा खानेपानी मन्त्रालय दिइएपछि शपथ कार्यक्रममा भाग नलिने निर्णय भएको हो ।

धेरै पढिएको