१३ भाद्र २०८३, शनिबार
Follow Us

रवि लामिछानेले बुझाए राजीनामा, नागरिकता प्राप्तिको प्रक्रियामा जाने

नेपालब्रिटेन डट कम्
१३ माघ २०७९, शुक्रबार १३:४९

रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्।

लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुन: प्रक्रिया पुर्‍याएर नागरिकता लिनुपर्नेछ।

‘उहाँ अब नागरिकता प्राप्तिको प्रक्रियामा जानुहुनेछ’, पाण्डेले भने।

लामिछानेले काभ्रेपलाञ्चोकबाट विगतमा नागरिकता लिएका थिए।

धेरै पढिएको