मुख्य समाचार

नेपाली पश्मिना यूरोपमा लोकप्रिय (फोटो फिचर)

लण्डन् । नेपालमा उत्पादन भएको पश्मिना युरोपका बिभिन्न देशमा लोकप्रिय हुदै आएको छ ।

सन् २००९ देखि वेष्ट अष्ट्रीयामा व्यवसाय गर्दै आएकी निर्मला डंगोलको विदेशमा नेपाली पश्मिनाको माग बढ्दै आएको अनुभव छ ।

विदेशमा पश्मिनाले बनेका टोपीदेखि मोजा, ह्याट, पञ्जा, गलबन्दी, स्वीटर, कोट, मफलर लगायतका सामान लोकप्रिय छन् । डंगोलले फेनक्रिखमा संचालन गरेको काश्मिरी एण्ड आर्ट स्टोरले नेपाली पश्मिना मार्फत राम्रो कमाई दिएको छ। डंगोलका अनुसार नेपालमा प्रशोधन हुने उन मंगोलिया, स्टाली तथा चीनबाट आउने गरको छ ।

उनले आजकल बजारमा उन्नत खालाको शतप्रतिशत पश्मिना पाउन मुस्किल परे पनि आफुले उच्च गुणस्तरिय सेवा दिएको बताइन् । उनको कम्पनीले उत्पादन गर्ने सबै लुगामा मेड इन नेपाल लेखिएको छ । ग्राहकहरु नेपाली सामान भने पछि हुरुक्कै हुन्छन् । र, विश्वास जितेर नेपाली पश्मिना किन्छन् ।

डंगोलले नेपाली पश्मिनामा चाइनाको व्यापारले चुनौति दिएको बताइन् । विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ ।

सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ ।

पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दैआएका छन् । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ ।

नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।

वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा रु दुई अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्