२३ भाद्र २०८२, सोमबार
Follow Us

कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७९, शुक्रबार ०५:२९

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

धेरै पढिएको