२४ भाद्र २०८२, मंगलवार
Follow Us

काठमाडौंमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७९, मंगलवार ०३:१३

काठमाडौं । काठमाडौँको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १७१५ नम्बरको ट्रक र बीए एए ९८३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक अर्घाखाँचीका ३४ वर्षीय भुपती पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सङ्लग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, काठमाडौँ महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा १९ च ३३०८ नम्बरको हात्ती गाडीले बागमती प्रदेश ०२– ०४० प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका २७ वर्षीय उपेन्द्र बुढाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धारामा गएराति मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउने अवस्था रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । हिजाे सोमबार कोरोना भाइरसको सङ्क्रमण ७६ जनामा देखिएको छ ।

धेरै पढिएको