४ मंसिर २०८२, बिहीबार
Follow Us

भारतद्वारा पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार १२:५२

काठमाडौँ । भारत सरकारले हेटौँडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हेटौँडामा आयोजित एक समारोहबीच सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई लाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू हस्तान्तरण गरेका हुन् ।

सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

७३ करोडभन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरू भारतले अनुदानको आधारमा प्रदान गरिरहेको दूतावासले जनाएको छ । हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ । गत वर्षको बाढी र पहिरोपछि भारत सरकारले ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरू उपलब्ध गराएको थियो । जसमध्ये ४ वटा जडान भइसकेका छन् ।

धेरै पढिएको