लण्डन । अमेरिका जान हिडेका सयौ नेपालीहरु इथोपियामा बन्धकमा परेका छन् । बेल्जिमयमा बस्ने सनत आचार्यका अनुसार इथोपियाको कावा होटलमा उनीहरुलाई बन्धक बनाइएको हो । उनलाई रुकुमका प्रविन गुरुङले त्यहाँ पुर्याएका थिए ।
रुकुम, रोल्पा, सल्यान, प्ठान, दाङ पूर्व नेपालका ती नेपालीहरु ११ महिना अघि दुबई हुँदै अमेरिका जान हिडेका थिए । दुवई सात महिना बसेका थिए । उनीहरु त्यहाँ ४ महिनादेखि कावा होटलमा रहेका छन् । उनीले होटलमा खाएको पैसा तिर्न नसक्दा होटलले राहदानी जफत गरेर बन्धक बनाएको बताइएको छ ।