२४ भाद्र २०८२, मंगलवार
Follow Us

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०७९, बिहीबार ०३:२९

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

धेरै पढिएको