२४ भाद्र २०८२, मंगलवार
Follow Us

रवि लामिछानेको जीत सुनिश्चित

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०३:३७

काठमाडौँ । चितवन-२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतको अग्रता कायम गरेका छन् ।

रविले ४१ हजार ५०४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ६९५ मत ल्याएका छन्। लामिछाने र श्रेष्ठबीचको मतान्तर ३३ हजार ८०९ रहेको छ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन्। अब गन्न बाँकी मत २१ हजार मात्र रहँदा लामिछानेको जीत सुनिश्चितजस्तै भएको छ। आइतबार भएको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो।

धेरै पढिएको