२३ भाद्र २०८२, सोमबार
Follow Us

युएइविरुद्ध नेपाल ७ विकेटले विजयी, अब एसिया कपमा नेपाल

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०८०, मंगलवार ०६:१५

काठमाडौं ।  फाइनलमा युएइलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको छ । यो जीतसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ । युएइले दिएको ११८ रनको लक्ष्य ३० ओभर ३ बल खेल्दै नेपालले पूरा गरेको हो । नेपालका लागि गुल्सन झाले ६७ रनको योगदान दिए । उनले ६ छक्का र ३ को मद्दतले उक्त रन जोडेका हुन् । तेस्रो क्रममा आएका १७ वर्षीय झालाई ३६ रन बनाएर भीम सार्कीले साथ दिएका थिए ।

ओपनर व्याट्सम्यान कुशल भुर्तेल र असिफ सेख सुरुमै आउट भएका थिए । कप्तान रोहित पौडेल पनि एक रन बनाएर आउट भए । त्यसपछिको इनिङ झा र सार्कीले सम्हालेका हुन् ।

त्यसभन्दा अघि यूएई ३३.१ ओभरमै अलआउट भएको छ । यूएईका जुनैद सिद्दिकी ललित राजनबंशीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले हिजो २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो ।

नेपालका लागि ललितले ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २–२ तथा गुलसन झा र सोमपाल कामीले समान ११ विकेट लिए । युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । अब नेपालले केही समयपछि ब्याटिङ गर्नेछ ।

धेरै पढिएको