२१ भाद्र २०८२, शनिबार
Follow Us

भाइले गरे दिदीको हत्या

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०८०, शनिबार १४:१८

दोलखा । आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धेरै पढिएको