९ मंसिर २०८२, मंगलवार
Follow Us

महिलाको मात्र सहभागितामा रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०८०, सोमबार ०५:३८

ललितपुर । नेपालकै सबै भन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा मध्येकै रोचक मानिएको महिलाहरुले मात्र रथ तानेर जात्रा सम्पन्न भएको छ ।

कुनै समयमा रथ जात्रा गरिरहँदा लगनखेल पाढेटोलको एक एकल महिला बिरामी भई रथ जात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनु पर्छ भनी धार्मिक मान्यताअनुसार आज एक दिन महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेका हुन् ।

बिशेष गरी श्रीमान नभएका र बिवाह नगरेका एकल महिलाहरुलाई पनि मनोरञ्जन दिन र चाड पर्व मनाउन पाउन भन्ने उद्येश्यले नरिवल खसालेको भोली पल्ट रथ तानेर जात्रा मनाउने गरिन्छ । महिला पुरुष बराबर हुन्छन् भन्ने सन्देश समेत बोकेको यो जात्रामा लगनखेलको थतीटाोलबाट करिव १ सय मिटर रथ तानिएको हो ।

अन्य दिन जात्रा साँझको समयमा हुने गर्दथ्यो भने आज महिलाले मात्र रथ तान्ने भएकाले बिहान ५ बजेदेखि जात्रा सुरु गरी ६ बज्दा सम्पन्न भइसकेको थियो । विगतका वर्षमा नेवार समुदायको महिला मात्र सहभागी हुने यस जात्रामा पछिल्लो समय सबै समुदायमा महिलाको उलेख्य मात्रामा सहभागिता हुँदै आएको छ ।

धेरै पढिएको