२३ भाद्र २०८२, सोमबार
Follow Us

उद्योगमन्त्री रिजालसँग बेलायती राजदूतले गरे शिष्टाचार भेट

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०८०, मंगलवार १५:१६

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । मङ्गलवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउँदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको स्पष्ट पारेका थिए।

नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउँदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्त गरे।

मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन अपेक्षा समेत व्यक्त गर्दै उनले बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउँदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको महत्तम प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे।

भेटमा बेलायती राजदूत निकोलाले नेपालमा लगानीको वातावरण थप सुदृढ गराई एफडिआई बढाउनमा जोड दिइन्। राजदूत निकोलाले नेपालको विकासमा बेलायत सरकारको हर सहयोग रहने विश्वास समेत दिलाइन्।

धेरै पढिएको