लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पन्जिकृत सदस्य बन्न करिब ५० हजार भन्दा बढीले आवेदन दिएका छन् ।
संघको राष्ट्रिय समितिको निर्वाचन सकिन करिब साढे दुई महिना वाँकी रहदा सदस्यताको लागि आवेदन दिनेहरुको संख्या ५० हजार नाघेको हो ।
गैरआवासीय नेपाली संघको अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको तयारीको लागि हाल विश्वभरका ४९ वटा राष्ट्रिय समितिहरुले एमआईएस मार्फत सदस्यता वितरण शुरु गरेका छन् ।
संघका अनुसार हाल कतार, जापान, अमेरिका, क्यानाडा, कोरिया, बेल्जियम, डेनमार्क, मलेसिया लगायतका देशहरु सदस्यता वितरणमा अग्रस्थानमा देखिएका छन् ।
संघको विधान अनुसार जुलाई महिनाको अन्तिम साताभित्र नयां नेतृत्व चयन गर्नु पर्ने वाध्यात्मक व्यवस्था रहेकोछ ।