लन्डन । बेलायतको मिडल्याण्ड क्षेत्रमा सक्रिय साझा नेपाली समाज यूकेको नयाँ नेतृत्व चयनका लागि आठौँ अधिवेशन सम्पन्न भएको छ।
समाजको आठौँ अधिवेशन जनवरी ५ तारिख सोमबार उल्भरह्याम्पटनमा सम्पन्न भएको हो।
अधिवेशनबाट साझा नेपाली समाज यूकेको नयाँ अध्यक्षमा समाजका पूर्व उपाध्यक्ष नारायण फूयाल निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्षसहित सबै पदमा निर्विरोध निर्वाचन भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद शर्माले जानकारी दिए। अधिवेशनबाट साझा नेपाली समाज यूकेको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा नारायण फूयाल चयन भएका छन्। उपाध्यक्षहरूमा शिब खरेल, सुरेश के.सी. र गणेश सापकोटा रहेका छन्। महासचिवमा साशंक शर्मा तथा सचिवमा गोविन्द सापकोटा चयन भएका छन्।
यस्तै, कोषाध्यक्षमा उपेन्द्र सापकोटा र सह–कोषाध्यक्षमा दिनेश ढकाल निर्वाचित भएका छन्। कार्यसमितिका सदस्यहरूमा ईश्वर रिजाल, राहुल सापकोटा, रेवती रमण पाण्डे, निशान मान बज्राचार्य र दशरथ खरेल रहेका छन्। लक्ष्मी सुवेदी र दीपक सापकोटालाई मनोनीत सदस्यका रूपमा समेटिएको छ।
