२३ भाद्र २०८२, सोमबार
Follow Us

घले समूहलाई एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोग गर्न रोक

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८०, सोमबार १२:१७

अनाधिकृत र गैरकानूनी ढंगले गतिविधि गरेमा कानूनी प्रक्रियामार्फत कारवाही हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पूर्व अध्यक्ष शेष घलेको समूहलाई संस्थाको नाम,लोगो र लेटरहेड दुरुपयोग नगर्न चेतावनी दिएको छ।

वालुवाटारस्थित सचिवालयले घले समूहका पदाधिकारीलाई संघको नाम दुरुपयोग गरेर ‘अवैध’ गतिविधि नगर्न भन्दै चेतावनी दिएको हो।

प्रमुख कार्यकारी निर्देश रवीकिरण अधिकारीले संघ गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को १६ र गैरआवासीय सम्बन्धी नियामावली, २०६६ को नियम १२ बमोजिम नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको र संघले उद्योग विभागमा टेर्डमार्क समेत भएको जनाउँदै झुक्निे वा भम्र सिर्जना गर्ने किसिमले संस्थाको नाम, लोगो र लेटरहेडको दुरुपयोग नगर्न चेतावानी दिएका हुन्।

संघको ट्रेडमार्कको प्रयोग गरेर बनाइएका छाप, लेटरहेडलगायतका सामग्री १५ दिनभित्र नष्ट गरी सोको जानकारी समेत गराउन सचिवालयले अल्मिेटम दिएको छ।

अब उप्रान्त संघको नाम, लोगो र लेटरहेड प्रयोग गरेर अनाधिकृत र गैरकानूनी ढंगले गतिविधि गरेमा कानूनी प्रक्रियामार्फत कारवाही हुने जनाइएको छ।

१० औं महाधिवेशनकाबेला विवाद बढेपछि घलेले छुट्टै एनआरएनएको घोषणा गरेका थिए। तर, नेपाल सरकारले भने घलेले गठन गरेको यो कार्यसमितिलाई मान्यता दिएको छैन।

धेरै पढिएको